काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले लोमस डिजिटल प्रालिको व्हर्पूल प्रडक्ट्स र किचेन एड प्रडक्ट्समा विशेष छुट पाउने भएका छन् ।
दुई पक्षबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरूले काठमाडौंको उत्तरढोकास्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।
उक्त सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यसबारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा खुला रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केअर’ मा सम्पर्क गर्न सकिने छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
FACEBOOK COMMENTS