काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।
सभामुख अग्निप्रसाद सापकोटा तथा परिवारका सदस्यहरूसहित प्रचण्ड सुकुटे पुगेका हुन्।
प्रचण्ड, सभामुख अग्नि, सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद माधव सापकोटा, सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सांसद सरल सहयात्री पौडेल, भरतपुर महानगरकी मेयर रेनु दाहाललगायत भोटेकोसी नदीमा र्याफ्टिङसमेत गरेका छन्।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिममा पुगेका बेला प्रचण्ड रिफ्रेसका लागि सुकुटे पुगेका छन्। प्रचण्ड यसअघि पनि सुकुटेमा रिफ्रेसका लागि जाने गर्दथे।
FACEBOOK COMMENTS