काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो ।
बहस सकिएसँगै उनलाई ५ दिन म्याद थप गरिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ ।
अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए ।
उनलाई पछि विभागले तारेखमा छाडेको थियो । यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए ।
उनलाई भने बयान सकेर छोडिएको छ ।

शङ्कर अग्रवालका छोरा सुलभ अग्रवाल नियन्त्रणमा