काठमाडौँ । केएल दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ ले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ ।
यस सहकार्य मार्फत कम्पनीलेआफ्नो पहिचानलाई थप ऊर्जावान बनाउनेर नयाँपुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ । सन् १९८९ मा स्थापना भई के.एल. दुगर ग्रुपलेतीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम राखेको छ ।
कम्पनीको अनुसार ’ज्ञान’ ब्रान्डलेनेपाली भान्सामा शुद्धता र स्वादको नयाँमानक स्थापित गरेको छ, र वर्षौंदेखि घरघरमा विश्वासिलो नामका रूपमा चिनिन्छ । “स्वस्तिमा खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ । उनको दर्शक सङ्गको बलियो सम्बन्धले उनलाई हाम्रो ब्राण्डका लागि उत्कृष्ट प्रतिनिधि बनाएको छ ।
हामी आफ्ना मुल्यमान्यताहरूमा अडिग रहँदैअगाडि बढिरहँदा उनिसँगको सहकार्य झन अर्थपुर्ण हुनेविश्वास लिएका छौँ ।,” के.एल. दुगर ग्रुपकी कार्यकारी निर्देशक भाविका दुगरले बताइन् । ज्ञान मसलासँग जोडिन पाउँदा नायिका स्वस्तिमा खड्काले खुसी व्यक्त गरेकी छिन् । लामो समयदेखि विभिन्न खाद्यान्नको रुपमा आफ्नो घरमा पनि रहेको यस ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्ता सँग र्पुयाउन आफूले सक्रिय भमिू का खेल्ने उनले बताएकी छिन् ।
कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नयाँप्रकारका मसला उत्पादनहरू बजारमा सार्वजर्व निक गरिरहेको छ, जसलेबजारको माग अनुसार गुणस्तर र सान्दर्भिकता कायम राख्नेलक्ष्य लिएको छ । हाल, ज्ञान मसला १४ विभिन्न प्रकारमा उपलब्ध छ ।

के.एल. दुगर ग्रुपले आफ्नो वृहत वितरण सञ्जाल मार्फत देशभर गुणस्तरीय उत्पादनहरू पुर्याउँदै आएको छ । यसैअनुरूप, हरेक नेपाली भान्सामा ज्ञान मसलाको पनि सहज पहुँच भइरहेको दाबी गरिएको छ ।
