काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज श्रीलंका र न्यूजील्यान्डबीच खेल हुदै छ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।
समुह २ मा श्रीलंकाले आफ्नो सुपर आठको पहिलो खेल इङल्याण्डसँग हारेपछि अबका बाँकी दुवै खेल जित्नै पर्ने दबाबमा परेको छ । त्यस्तै न्यूजील्याण्डको सुपर आठको पाकिस्तानसँगको खेल बर्षाले रद्ध भएपछि अंक बाड्न बाध्य भएको थियो ।
श्रीलंका बलिङ र ब्याटिङ दुवैमा सुधार खोज्दै मैदानमा उत्रने तयारीमा छ । अघिल्लो खेलमा इङल्याण्डसँग भएको हारले टीममा दबाब बढाएको छ ।
त्यस्तै न्यूनील्यान्ड यस टुर्नामेंटको सबैभन्दा बलियो ब्याटिङ टोलीको रूपमा रहेको छ । उनीहरूले चेन्नई र अहमदाबादमा फ्ल्याट सतहमा खेलेका सबै खेल जितेका छन् । तर श्रीलंका, घरेलु स्पिन मैत्री परिस्थितिको कसरी सामना गर्छन भन्ने चुनौती रहेको छ ।
श्रीलंकाले यस खेलमा हार बेहोरेमा प्रतियोगिताबाट बाहिरिने छ भने न्यूजील्याण्डले हारेमा उसका लागि केहि सम्भावना बाँकी हुने छ ।

स्पिनरमध्ये मिचेल स्यान्टरले श्रीलंकाविरुद्ध पुरुष टी-२० मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले ११ खेलमा १४ विकेट लिएका छन्, केवल दुई खेलमा विकेट भने फेला पारेका छैनन् । डुनिथ वेल्लाजेले यस टुर्नामेंटमा सात विकेट लिएर माहीस थीक्शना (८) पछि दोस्रो स्थानमा छन् ।

कोलोम्बोको यो खेल मैदानको सतह नयाँ छ, तर सुख्खा रहने अपेक्षा छ । स्पिन बलको भूमिकामा महत्त्वपूर्ण रहनेछ । मौसम तातो र आर्द्र रहने सम्भावना छ ।

श्रीलंकाको संभावित ११ : पथुम निस्सान्का, कमिल मिशारा, कुसल मेन्डिस, पवन रत्नायक, दसुन शानक, कमिन्दु मेन्डिस, डुनिथ वेल्लाजे, दुशन हेमन्था, दुश्मन्था चमेरा, माहीस थीक्शना र दिलशान मदुशंका।

न्यूजील्यान्डको संभावित ११ : टिम सेइफर्ट (विकेटकीपर), फिन एलन, रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क चैपम्यान, ड्यारिल मिशेल, मिचेल स्यान्टर (कप्तान), जिमी नीशम, म्याट हेनरी, ईश सोधी र लुकी फर्गुसन ।

FACEBOOK COMMENTS