नेपाल अटो मोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष धुर्व थापाले अटोमोबाईल आवश्यकता हो चुरोट सुर्ती जस्तो बिलासी वस्तु नभएको बताएका छन् । मंगलबार भृकुटीमण्डपमा सञ्चालन भएको १५ ओैं संस्करण नाडा अटो शो २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, अटोमोबमईल क्षेत्र व्यवसायीक रूपमा परिवर्तन भएको बताएका छन् । देशमा अहिले विभिन्न ऐसेम्बल पलान्टपनि खुल्न थालेका छन् । अटो क्षेत्रले देशको भन्सार राजश्वमा २१ प्रतिशत सहयोग गरेको छ । ४० प्रतिशत व्यापार क्षेत्रमा सहयोग गरेको छ ।
देशको आर्थिक अवस्थामा सुधार आए अटो व्यवसाय फस्टाउने उनले बताए । सरकारले अटोमोबाईल ऐन बनाए अटोमोबाईल विकासमा कोशे ढुङ्गा सावितहुने उनले बताए ।
थापाले, नेपालीले ७ प्रतिशत दुई पाङगे र १ प्रतिशत मात्र कार प्रयोग गरेका छन् । यो पर्याप्त हैन । सरकारले हरेक आर्थिक वर्षमा करको दर प्रवर्तन गर्दा व्यवसायी मारमा परेका छन् । चार्जिङ स्टेश पर्याप्त मात्रामा छैन । विद्युत खपतमा दक्षिण एसियामा नेपाल अग्र स्थानमा छ तर पनि विद्ययुतिय क्षेत्रमा फस्टायन सकेको छैन । यसको लागि छुटै निति तथा ऐन बनाउनु पर्ने छ ।
उनले बाहिर परिस्थिति सकारातमक भएपनि सरकारको नीतिले व्यवसाय मात्र नभएर सरकार पनि मारमा परेको बताएका छन् । कर्जाको सिमा तोक्ने अधिकार बैंकलाई प्रधान गर्नु पर्छ । साथै उनले सरकारबाट हाम्रो माग सम्बोधन नभए अटो मोबाईल क्षेत्र गतिशिल रूपमा चल्न नसक्ने बताएका छन् ।
FACEBOOK COMMENTS