काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा सिभिल लघुवित्त वित्तीय संस्थाको नाफा ९.६२ प्रतिशतले बढेर ५ करोड २८ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्म संस्थाले १७ करोड ६४ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा ११ करोड ६८ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै कम्पनीको सञ्चालन मुनाफा मुनाफा २४ करोड ४२ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
२८ करोड ८१ लाख २४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ३३ लाख २६ हजार रुपैयाँ रहेको छ । ,९३ करोड १४ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ९८ करोड ९१ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा रहेकोमा प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ६६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS