काठमाडौँ । उपसभामुख पुष्पा भुसालले नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।
रक्षाबन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मञ्चद्वारा आयोजित कार्यक्रममा उनले सामाजिक, सांस्कृतिक र कूटनीतिक रुपमा रहेको सम्बन्ध आर्थिक क्रियाकलाप र पूर्वाधार विकासमा विस्तार गर्नुपर्ने धारणा राखिन् ।
भारतका सांसद एवम् भारतीय जनता पार्टीका नेता डा. सञ्जय जयसवालले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो र सुमधुर बनाउँदै लानुपर्ने धारणा राखे ।
मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्री अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले नेपाल र भारतबीचको ऐतिहासीक सम्वन्धबारे सो अवसरमा चर्चा गरेका थिए ।
FACEBOOK COMMENTS