काठमाडौँ । सेयरबजार ६.१४ अंकले घटेको छ। सूचक घटेर १९३२.४८ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार २५७ कम्पनीको ३३ लाख कित्ता सेयर बिक्री भएका छन्।
दिनभरिमा २५ हजार ९०३ पटकको खरिदबिक्रीमा १ अर्ब १२ करोडको सेयर कारोबार भएको छ। योसँगै ८१ कम्पनीको सेयर बढेको छ भने १२६ कम्पनीको घटेको र ७ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज दुईवटा कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन्। युनिक नेपाल लघुवित्त र शुभम् पावरका सेयरधनीले १०÷१० प्रतिशत कमाएका हुन्। अन्य लगानीकर्ताले खासै कमाउन सकेनन्।
आज लगानीकर्ताले ५.७६ प्रतिशतसम्म गुमाएका छन्। सर्वाधिक कारोबार भने एनआईसी एसिया बैंकको छ। उसको ४ करोड ९३ लाखको कारोबार भएको हो। दोस्रो ठूलो कारोबार नबिल बैंकको भएको छ। उसको ३ करोड ९५ लाखको कारोबार भएको हो।
FACEBOOK COMMENTS