काठमाडौँ । टाइटनले सन् २०२३ को उत्कृष्ट सुरुवात गर्दै नेपालमा दुई वटा नयाँ स्टोर लञ्च गरेको छ ।
टाइटनले आज एक कार्यक्रम गर्दै काठमाडौँको दरबारमार्ग र जावलाखेलकाे याला सडकमा ती स्टोरहरु सञ्चालनमा ल्याएको जानकारी दिएको हो । प्रत्येक स्टोरमा एक हजारभन्दा बढी उत्पादनहरुको विस्तृत श्रृङ्खला रहने टाइटनले जनाएको छ ।
दुई दशकदेखि नेपालमा टाइटन घडीले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । देशको माया, विश्वास र ब्रान्डको गुणस्तरले यस क्षेत्रमा टाइटनको वृद्धि गर्न र दुई नयाँ बहु–श्रेणी स्टोरहरूको उद्घाटनको लागि चरण तय गरेको छ ।
स्टोरहरुमा सबैका लागि हुने अन्तर्राष्ट्रिय उत्पादनहरु राखिएको बताइएको छ । उत्कृष्ट ब्रान्डका घडी खरिदका लागि स्टोरहरु भ्रमण गर्नैपर्ने टाइटनले बताएको छ । महिलाहरुले मन पराएका अनौठा र अत्यधिक मन पराइएका टाइटन, सोनाटा, फास्टट्रयाक्ट र ह्थथिकको ब्रान्डहरु स्टोरमा राखिएका छन् ।
‘तिनीहरूको टाइमपिसहरूको दायराको अतिरिक्त, प्रत्येक नयाँ स्टोरहरू जीवन शैली श्रेणीको गन्तव्य पनि हुन् । जसमा परफ्युम, बेल्ट, भित्ते घडी र स्मार्ट घडीहरू जस्ता उत्पादनहरू खरिदका लागि तयार छन् । यस बहु–श्रेणी प्रस्तावको साथ, यी स्टोरहरू उपभोक्ताहरूका लागि उत्तम गन्तव्य बन्न सक्छन् । यहाँ टाइटनका सबै उत्पादनहरू एकै ठाउँमा किनमेल गर्न सकिन्छ,’ टाइटनद्वारा जारी विज्ञप्तिमा भनेको छ ।
आम उपभोक्ताहरुले माया गरेका टाइटनका सम्पूर्ण उत्पादनहरु एउटै छानामुनि खरिद गर्न सक्ने हुँदा समयको पनि बचत हुने विश्वास कम्पनीले राखेको छ ।
FACEBOOK COMMENTS