काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय सर्वोच्च आदलतले बदर गरेको छ ।
कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको साढे दुई वर्षअघिको निर्णय सर्वोच्चका न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले बदर गरेको हो । यससँगै उनको सांसद पद सुरक्षित बनेको छ ।
२०७९ मङ्सिरको प्रतिनिधिसभा निर्वाचनताका उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो । आयोगले उजुरीकर्ताकाे मागबमोजिम नै उनको उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो ।
तर, सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी कायम भयो भने उनले निर्वाचन पनि जितिन् । ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् ।
FACEBOOK COMMENTS