चीनमा १४५ प्रतिशत भन्सार महसुल कायमै रहनेछः ट्रम्प
कर्पोरट खबर
8:04 pm, बिहीबार, वैशाख २५, २०८२
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहनेछ’ भने ।
यद्यपि अमेरिकी र चिनियाँ अधिकारीहरू यस हप्ता स्विट्जरल्यान्डमा व्यापार वार्ताका लागि तयारी गरिरहेका छन् । चीनका लागि नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिका अब पहिले जस्तो ठूलो व्यापारिक नोक्सानी नभोग्ने बताए ।
“हामीले वार्षिक १० खर्ब डलर गुमाइरहेका थियौँ, अब हामीले केही पनि गुमाइरहेका छैनौँ, मैले त्यसरी नै हेर्छु”, आगामी वार्ताका बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने । ओभल अफिसमा चीनलाई वार्ता टेबलमा फर्काउन भन्सार महसुल घटाउने विचार गर्नुहुन्छ कि भनेर सोधिएको प्रश्नमा उनले सिधै ‘विचार गरेको छैन’ भनेर जवाफ दिए ।
उनले अमेरिकाले यस हप्ताको व्यापार वार्ताको पहल गरेको हो भन्ने चीनको दाबीलाई अस्वीकार गरे । “उनीहरूले भने हामीले पहल गरेको रु म लाग्छ उनीहरूले फर्केर आफ्नो फाइलहरू अध्ययन गर्नुपर्छ”, उनले भने । सिएनएनका अनुसार ट्रम्पको टिप्पणीपछि अमेरिकी सेयर बजारहरू केही मात्रामा घटेका छन् र भन्सार महसुल निर्णयको आधिकारिक घोषणापछि निरन्तर घट्दै छन् ।
विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार मार्चमा भन्सार महसुल युद्ध सुरु भएदेखि नै धेरैजसो रोकिएको छ । तथापि, शीर्ष अमेरिकी र चिनियाँ व्यापार अधिकारीहरूबीचको यस हप्ताको बैठक त्यसयता पहिलो औपचारिक वार्ताको चरण हो । यसैबीच फेडरल रिजर्वका अध्यक्ष जेरोम पावेलले व्यापार वार्ताको परिणामले अमेरिकी अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने बताए ।
FACEBOOK COMMENTS