काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
इजिप्टको शर्म अल-शेख रिसोर्टमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशका नेताहरू उपस्थित थिए । यस अवसरमा ट्रम्पले भने– ‘एउटा नयाँ र सुन्दर दिन उदाइरहेको छस पुनर्निर्माण अब सुरु हुँदैछ । उनले इजरायल र हमासबीच युद्धविरामको मध्यस्थतामा मद्दत गरेकोमा मध्यपूर्वी देशका नेताहरूको प्रशंसा गरेका थिए ।
सो अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल(सिसीले यो दिनलाई ऐतिहासिक भनेका छन ।
सोमबार, ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणको भागको रूपमा, इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान भएको थियो । यस चरणमा हमासद्वारा २८ इजरायली बन्धकहरूको शव फिर्ता पनि समावेश रहे पनि हमासले अहिलेसम्म चार जनाको मात्र शव हस्तान्तरण गरेको छ ।
FACEBOOK COMMENTS