काठमाडौँ । ट्विटर इन्टरनेट दृश्यमा फेरी फर्कन सक्ने देखिएको छ । रोयटर्सको रिपोर्टका अनुसार, एक स्टार्टअप कम्पनि अपरेशन ब्लूबर्डले अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयलाई ट्विटर र ट्वीट ट्रेडमार्क रद्द गर्न अनुरोध गरेको छ ।
कम्पनीले एक्स कर्पोरेशनले तिनीहरूलाई त्यागेको दाबी गर्दै स्टार्टअपले ’तधष्ततभच.लभध’ भनिने आफ्नो नयाँ सामाजिक सञ्जाल प्लेटफर्मको लागि ’ट्विटर र ट्वीट’ भाने शब्द प्रयोग गर्न अनुमति समेत मागेको छ ।
डिसेम्बर २ मा अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयमा गरिएको आफ्नो निवेदनमा, अपरेशन ब्लूबर्डले एक्स कर्पोरेशनले ट्विटर ब्रान्डलाई पूर्ण रूपमा त्यागेको बताएको छ । कम्पनीका जनरल काउन्सिल, स्टीफन कोट्स, जो पहिले ट्विटरमा ट्रेडमार्क वकिल थिए, ले स्पष्ट रूपमा एक्सले कानुनी रूपमा ट्विटर ट्रेडमार्क त्यागेको दाबि गर्दै निवेदन दिएका छन् ।
यो स्टार्टअपले एक्स कर्पोरेशनले यी नामहरू व्यावसायिक रूपमा प्रयोग नगरेको हुनाले, आफुलाई यी ट्रेडमार्कहरू प्रयोग गर्न अनुमति दिनुपर्ने दाबि पेश गरेको छ ।
२०२२ मा, मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गरे र त्यसपछि यसलाई एक्सको रूपमा पुन: ब्राण्डिङ गरेका थिए । २०२३ मा, मस्कले एक्समा पोस्ट गर्दै कम्पनीले बिस्तारै ट्विटर ब्रान्ड र यसका चराहरूलाई रिटायर गर्ने बताएका थिए ।
यसैकारण ट्विटरको प्रसिद्ध नीलो चरा अब एक्समा देखिँदैन र ट्विटर डट कम अब अब एक्स डट कम भएको छ । एक्स क्रपले २०२३ मा ट्विटरको ट्रेडमार्क नवीकरण गरेको थियो, जुन गत वर्ष मात्र अनुमोदन गरिएको थियो ।

रोयटर्सको रिपोर्ट अनुसार, बौद्धिक सम्पत्ति विज्ञ जोश गोर्डनले यदि एक्स क्रपले ट्विटरको ट्रेडमार्क प्रयोग गरिरहेको छैन भने, उनीहरूलाई स्वामित्व अधिकार कायम राख्न गाह्रो हुनेछ । यद्यपि, एक्सले ट्विटर नाम गुमाए पनि, यसले अझै पनि अपरेशन ब्लूस्टारलाई व्यावसायिक रूपमा प्रयोग गर्नबाट रोक्न सक्छ । विज्ञहरूले यसलाई एक रोचक मामला भनेका छन् र एक्सले प्रयोग गर्ने इरादा नभएको ब्रान्डमा पैसा खर्च गर्छ या गर्दैन भनेर हेर्न चाहेको बताएका छन् ।

FACEBOOK COMMENTS