काठमाडौं । फिलिपिन्समा कालमेगी आँधीबाट अहिलेसम्म ५२ जनाको ज्यान गएको छ । शक्तिशाली आँधीका कारण लाखौं घरबारविहीन भएका छन् । हाल १३ जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ । सबैभन्दा धेरै विनाश घना जनसंख्या भएको मध्य टापु सेबुमा सबैभन्दा धेरै मृत्यु भएको छ ।
धेरै मानिसहरूले घरको छतमा आश्रय लिइरहेका छन् भने कार र ढुवानी कन्टेनरहरू सडकमा तैरिरहेको देखिएको छ ।
त्यस्तै राहत प्रयासमा सहयोग गर्ने क्रममा दुर्घटनामा परेर सैन्य हेलिकप्टरमा रहेका छ जना चालक दलका सदस्यहरूको मृत्यु भएको छ । सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा हेलिकप्टर दुर्घटनाग्रस्त भयो । फिलिपिन्सले प्रत्येक वर्ष औसत २० आँधीको अनुभव गर्छ ।
FACEBOOK COMMENTS