काठमाडौं । जारी यू-१९ एशिया कप अन्तर्गत आज दोस्रो खेलमा नेपालले युएईको सामना गर्दैछ ।
आइतबार, ओमानमा हुने यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुदै छ ।
नेपाल र युएई दुवैले प्रतियोगितामा आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । नेपालले भारतसँग र युएईले पाकिस्तानसँग हार बेहोरेका हुन् ।
यस प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले विपिन प्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टिमलाई पठाएको छ । नेपाली टिममा निरज कुमार यादव, प्रशिद्ध जैसी, सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सुर्यान्शु कोइराला, अभय यादव, सुशील बहादुर रावल, नितेश कुमार पटेल, सुभम खनाल र सचिन भट्ट रहेका छन् ।

यू-१९ एशिया कपमा नेपालले अर्को खेल नोभेम्बर १० मंगलबार पाकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

