चितवन । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रतिष्ठामा धक्का पुग्ने गरी विचार नराख्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । विचार सिद्धान्त छैन, कता जाने हो टुंगो छैन भनेको आफूले सुनेको भन्दै उनले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि क्रियाकलाप नगर्न निर्देशन दिएका हुन् ।
दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले एमामले सँग विचार , नीति , र सिद्धान्त रहेको बताएकाल छन् । मार्क्सवादको द्वन्द्वात्मक भौतिकवाददेखि समृद्ध नेपाल सुखी नेपालीसम्मको विचार बोकेर अगाडि बढेको जिकिर गरेका छन् । दशौं महाधिवेशनको उद्घाटन समारोहअघि सार्वजनिक सञ्चार माध्यममा लेख लेखेर र अपील जारी गरेर उपमहासचिव घनश्याम भुसालले कता जाने हो टुंगो नभएको बताएका छन् ।
ओलीले पार्टी विचार, नीति, कार्यक्रममा प्रष्ट रहेको बताएका हुन् । कुनै पनि व्यक्तिले पार्टीप्रति जनविश्वास कमजोर हुने पार्टी प्रतिष्ठामा धक्का पुग्ने खालका विचार र गतिविधि कसैले पनि नगर्न आग्र्रह गरेका छन् ।
FACEBOOK COMMENTS