काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको हो ।
बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दा एमालेले बैठक बोलाएको हो । बैठकमा तल्ला तहहरूबाट सिफारिस भएर आएका नामहरु बाट छलफल गरि टुङ्गोमा पुग्ने एमाले तयारी छ ।
त्यस्तै विभिन्न दलहरूसँग चुनावी तालमेल गर्नेबारे छलफल हुने जनाइएको छ ।
FACEBOOK COMMENTS