काठमाडौँ । बिहान ९ बजेका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अझै बस्न सकेको छैन ।
बन्दसत्र १ बजेका लागि सार्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ९ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए ।
अध्यक्ष ओली विभिन्न पदाधिकारीका आकांक्षीसँगको भेटमा व्यस्त भएपछि बैठक विलम्ब हुन पुगेको हो । बैठकमा ढिलाइ भएपछि भृकुटीमण्डप पुगेका केन्द्रीय सदस्यहरू घाम तापेर गफिइरहेका छन् ।
पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने तयारी छ ।
FACEBOOK COMMENTS