पोखरा मंसिर ७, नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रको मञ्च दुई तलाको हुने भएको छ । चितवनको नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको मञ्च दुई तलाको हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयाे । उहाँका अनुसार यस विषयमा गृहमन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ ।
१०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा दुई २०० प्रतिनिधिसहित थप पाँच प्रतिशत मनोनीत सहभागी हुने र उनीहरूका लागि तीन हजार ५०० कोठा बुक गरिएको भट्टराईले जानकारी दिनुभयाे । बन्द सत्रमा ५०० र उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने भएका छन् ।
FACEBOOK COMMENTS