काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाको नयाँ हलमा प्रस्तुत गर्ने तयारी भइरहेको छ । संघीय संसदको वर्षे अधिवेशन आगामी २८ वैशाखदेखि सुरु हुँदै छ ।
बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक सिंंहदरबारस्थित बहुउद्देश्यीय हलमै बस्नेछ भने राष्ट्रियसभाको बैठक पनि यसअघि कृषि समिति रहेको हलमा नै बस्ने तय भएको छ ।
तर, बजेट भने प्रतिनिधिसभाको नयाँ हलमै प्रस्तुत गरिने सम्भावना रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । ‘सम्बन्धित पक्षले १५ जेठसम्ममा प्रतिनिधिसभाको सभाकक्ष उपलब्ध गराउन सक्ने गरी कार्यसम्पादन गरिरहेका छौँ भन्ने मौखिक जानकारी गराउनुभएको छ । हामी पनि नयाँ हलको प्रतिक्षामा छौँ,’ उनले भने ।