काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको ८४ लाख ९० हजार बढी कित्ता सेयरको लकइन खुल्ने भएको छ ।
कम्पनीका अनुसार आउँदो कात्तिक २ गतेपछि ८४ लाख ९० हजार ८०० कित्ता सेयरको लइकन खुल्ने भएको हो ।
हाल लकइनमा संस्थापकको ७० लाख कित्ता र आयोजना प्रभावित स्थानीय र कर्मचारीको १४ लाख ९० हजार ८०० कित्ता रहेको छ ।
जलविद्युत कम्पनीहरुको आइपीओ बाँडफाँड भएको मितिले संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म राख्नुपर्ने प्रावधान रहेको छ ।