काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले बिक्री गर्न नसकेकोे करिब दुई करोड कित्ता हकप्रद शेयर भोलि अर्थात् पुस १३ गतेदेखि बढाबढमा बिक्री खुला गरिने भएको छ ।
सर्वसाधारण समूहको बिक्री नभएको एक करोड ७० लाख १९ हजार ५३० कित्ता शेयरमा कम्पनीले बढाबढमार्फत बिक्रीको बोलपत्र आह्वान गरेको हो । कम्पनीको शेयरमा ईच्छुक व्यक्ति वा संस्थाहरूले न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ नघट्नेगरी यही पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
नगरिक लगानीकोषको केन्द्रीय कार्यालय नयाँबानेश्वर, सनराइज क्यापिट, कमलपोखरी र लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरू विराटनगर, धरान, वीरगञ्ज, जनकपुर हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र चरिकोटबाट आवेदन दिन सकिने बताइएको छ ।
न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी शेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।
FACEBOOK COMMENTS