काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)की पूर्व अध्यक्ष भवानी राणाले लैंगिक समानताका लागि सबैले काम गरे पनि त्यसमा सफल हुन नसकेको बताइन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘रिङ द बेल फर जेन्डर इक्वालिटी’ कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
राणाले विगतको कुरालाई स्मरण गर्दै भनिन्, ‘म एफएनसीसीआईको अध्यक्ष हुँदा काम गर्न त्यति सहज थिएन । त्यसबेला महिलालाई अगाडि बढ्न धेरै गाह्रो नै थियो । जबसम्म हामीलाई हाम्रो परिवारले साथ दिँदैन हामी कहिले पनि अघि बढ्न सक्दैनौं । त्यसैले सँधैं परिवारको साथ चाहिन्छ । त्यो मैले पाएँ र अहिले सफल बनेकी छु ।’
राणाले आफू पुरुष भएको भए एफएनसीसीआईको चुनाव नलड्ने बताउँदै भनिन्, ‘एफएन्सीसीआई जस्तो ठाँउमा पुरुषलाई चुनाव लड्न त कति गाह्रो छ । महिलालाई झन् कति ग्राहो भयो होला । मैले चुनावमा भाग लिँदा म महिला नभई एक सक्षम नारी हुँ, मलाई भोट दिनुस् भनी आग्रह गरेँ । र सबैले मलाई सक्षम देखेर नै भोट दिनुभयो । त्यसैले सँधैं आफू पछि हट्नु भन्दा पनि सक्षम छु भनेर लड्न सक्नु पर्छ ।’
उनले दुर्गम क्षेत्रका महिला सक्षम छ तर उनीहरूले स्रोत र साधन नपाउँदा माथि आउँन नसकेको सुनाइन् । मानिसको मानसिकतामा महिलाले पनि केही गर्न सक्छ भन्ने भान पार्न जरुरी रहेको उनले बताइन् । अहिलेको पुस्तामा ट्यालेन्ट छ त्यसमा सरकार र निजी क्षेत्रले लागनी गर्न नसक्दा विदेशिनु परेको छ । यसलाई रोक्न उनीहरूमाथि लगानी गर्नु जरुरी रहेको उनले सुनाइन् ।
लैंगिक समानता प्रवर्द्धनका लागि ‘रिङ द बेल फर जेन्डर इक्वालिटी’ कार्यक्रम सञ्चालन
मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो
FACEBOOK COMMENTS