काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
देशका तराई भू-भागमा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन बिभागले अनुरोध गरेको छ ।
आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

FACEBOOK COMMENTS