काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य स्थिर छ ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर छ ।
शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS