काठमाडौं । अमेरिकाको वासिङ्टन, डीसीमा गोलीबारी भएको छ, जसमा दुई राष्ट्रिय गार्ड सदस्य गम्भीर घाइते भएका छन् । एफबीआई निर्देशक काश पटेलले यो घोषणा गरेका छन् ।
अधिकारीहरूका अनुसार, आक्रमणकारीले राष्ट्रिय गार्ड सदस्यहरूमाथि गोली चलाएको थियो। घटना ह्वाइट हाउस नजिकै भएको थियो ।
सीबीएस न्यूजका अनुसार संदिग्ध आक्रमणकारी अफगान नागरिक रहमानउल्लाह लकनवाल हुन्, जो २०२१ मा अमेरिका आएका थिए ।
भिडन्तको क्रममा संदिग्ध पनि घाइते भएका थिए र उनलाई अस्पताल लगिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संदिग्ध गम्भीर घाइते भएको बताएका छन् ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथका अनुसार, राष्ट्रपति ट्रम्पले आक्रमणपछि वाशिङ्टन, डीसीमा ५०० थप राष्ट्रिय गार्ड सदस्यहरू तैनाथ गर्ने आदेश दिएका छन् ।


FACEBOOK COMMENTS