काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालीत इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको प्रयोगकर्ता ७ लाख नाघेका छन् । ७ लाख घरधुरीमा इन्टरनेट पुर्याएसँगै वर्ल्डलिङ्क देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बनेको छ ।
कम्पनीले हाल सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट विस्तार गरेसकेको छ । बाँकी रहेका ४ जिल्लाहरु दार्चृला, बैतडी, मनाङ र मुस्ताङमा समेत छिट्टै सेवा विस्तार हुने कम्पनीले जनाएको छ ।
नेपालमा इन्टरनेट सेवा दिनेभन्दै २०५२ साल भदौमा वर्ल्डलिङ्क स्थापना भएको थियो । कम्पनीका हाल १५० भन्दा बढी शाखा कार्यालयमा पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।
FACEBOOK COMMENTS