काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राइट एण्ड एसोसिएट्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख १ रुपैयाँ सहयोग गरेको छ।
संस्थाका प्रबन्ध निर्देशक परसुराम अधिकारीका अनुसार देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण ठुलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले उक्त सहयोग गरेको हो।
राइट एण्ड एसोसिएट्सले भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी एवं प्रभावितको उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरिएको छ।