काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट ‘यामाहा ब्लू फेस्ट’ काठमाडौँको भृकुटीमण्डपमा औपचारिक रूपमा सम्पन्न भएको छ।
चैत्र २८ गतेदेखि सुरु भएको उत्सव अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो र वैशाख ४ गतेसम्म सञ्चालन भएको हो।
चैत्र २८देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम ग्राहक एवम् मोटरबाइक, स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो।
एक्सचेन्ज अफरमा उत्कृष्ट लाभ
कार्यक्रममा यामाहा बाइक तथा स्कुटरमा रु। ५०,००० को न्यूनतम भ्यालुएसन, अन्य ब्रान्डमा रु। २५,००० को न्यूनतम भ्यालुएसन ९कर छुटसहित०, र एक्सचेन्जमा थप रु। १०,००० को बोनस प्रदान गरिएको थियो। साथै ७।९९५ ब्याजदरमा ग्यारेन्टर आवश्यक नपर्ने लचिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध थियो।
‘यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए,
जसमा निम्न अफरहरू समावेश थिएस्
१. यामाहा बाइक र स्कुटरमा ५०,००० को मिनिमम भ्यालुएसन
२. अन्य ब्रान्डहरूमा २५,००० को न्युनतम भ्यालुएसन (कर छुट सहित)
३. एक्सचेन्जमा १०,००० को थप भ्यालुएसन बोनस
४ं. ७ दशमलव९९ ब्याजदरसहित लचिलो फाइनान्सिङ (ग्यारेन्टर आवश्यक नपर्ने)
५. स्पट एक्सचेन्ज, सजिलो फाइनान्सिङ र चयन गरिएका मोडेलहरूमा ०५ ब्याजदरमा भ्ःक्ष्
नगद छुटमा १ लाखसम्म जित्ने अवसर
ग्राहकहरूलाई तीन सजिला चरणहरू मार्फत तत्काल रु। १,००,००० सम्मको नगद छुट जित्ने रोमाञ्चक अवसर प्रदान
गरेको ‘थ्रिल अफ थ्री’ योजना भव्य हिट साबित भएको थियो, जसमा निम्न अफरहरू समावेश थिए ।
१.सेयर गर्दा १,००० जित्ने मौका
२.भिजिट गर्दा ५०,००० सम्म नगद छुट
३.खरिद गर्दा १,००,००० सम्म नगद छुट
नि:शुल्क एक्सेसरिज र मनोरञ्जनात्मक गतिविधिहरू
प्रत्येक बाइक तथा स्कुटरको खरिदमा यामाहाले ग्राहकलाई निस्शुल्क एक्सेसरिजहरू प्रदान गरेको थियो। साथसाथै, ‘टेस्ट राइड एण्ड विन’, गेमिङ जोन, फेस पेन्टिङ, डुअर प्राइज र लाइभ कन्सर्ट जस्ता गतिविधिहरूले महोत्सवलाई थप रङीन बनाएका थिए। चर्चित गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको धमाकेदार प्रस्तुति दर्शकहरूका लागि विशेष आकर्षण बनेको थियो।
NSL स्टारहरूसँगको अन्तिम दिनको भेटघाट
कार्यक्रमको अन्तिम दिन काठमाडौं रेजर्स फुटबल टिमका खेलाडीहरूसँग “मिट एण्ड ग्रिट” सेसन राखिएको थियो। सहभागीहरूले खेलाडीहरूसँग गेमहरू खेले, हस्ताक्षर गरिएका जर्सीहरू जिते र विशेष मर्चेन्डाइजहरू पनि प्राप्त गरे।
यामाहाले ‘थ्रिल अफ थ्री’ योजना नेपालभरका सबै अधिकृत यामाहा डिलरशिपहरूमा जारी राख्ने जनाएको छ। ग्राहकहरूले अझै पनि यी अफरहरूको फाइदा उठाएर यामाहाको प्रदर्शन, डिजाइन र विश्वासको अनुभव लिन सक्नेछन्।
एमएडब्लू राइड्स अन्तर्गत सञ्चालन हुने यामाहा नेपाल, देशको अग्रणी दुई पाङ्ग्रे ब्रान्डमध्ये एक हो, जसले नेपाली मोबिलिटी क्षेत्रमा निरन्तर नवीनता र सन्तुष्टि प्रदान गर्दै आएको छ।
FACEBOOK COMMENTS