काठमाडौं, बैशाख ४ – अमेरिकी डलर हालसम्मकै महँगो कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ६१ पैसा तोकिएको छ । सोही दिन एक अमेरिकी डलरको खरिद दर १ सय २२ रुपैयाँ ०१ पैसा छ ।
यसअघि गत बिहीबार १ अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ५० पैसा थियो ।
अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो ।
FACEBOOK COMMENTS