काठमाडौँ — केबल टेलिभिजनलाई ‘डिजिटलाइज्ड’ गर्ने अभियानअन्तर्गत सरकारले सबै ‘एनालग’ टेलिभिजनको नवीकरण बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले दुई वर्षदेखि एनालग केबललाई विस्थापित गर्ने अभियान सुरु गरेको थियो ।
एनालग प्रणालीमा सञ्चालित केवलहरूले नवीकरणका लागि डिजिटल सिग्नल वितरकहरूसँग सम्झौता गरी स्थानीय वितरक बन्नुपर्ने हुन्छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सबै जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई पत्र लेख्दै एनालग प्रविधिमा सञ्चालित केबल टेलिभिजनको नवीकरण नगर्न निर्देशन दिएको छ ।
सरकारले काठमाडौं उपत्यकामा यसअघि नै एनालग केबल विस्थापित गरिसकेको छ ।
अब भने देशभर सञ्चालित सबै एनालग टेलिभिजनहरू डिजिटलमा जानैपर्ने बाध्यता हुनेछ ।
देशैभर प्रसारण अनुमति पाएका संस्थाबाहेक स्थानीय वितरकहरूको नवीकरण जिल्ला र क्षेत्रीय हुलाक निर्देशनालयबाट हुँदै आएको थियो ।
मन्त्रीस्तरीय निर्णय भन्दै मन्त्रालयले सबै हुलाक र क्षेत्रीय हुलाक कार्यालयलाई एनालग प्रविधिको केबल वितरकको अनुमतिपत्र नवीकरण नगर्न पात्राचार गरेको हो ।
यसअघि सरकारले एनालग प्रविधिमा सञ्चालित केबल टेलिभिजनलाई पटकपटक म्याद दिएर डिजिटल प्रविधिमा रूपान्तरित हुन निर्देशन दिएको थियो ।
– कान्तिपुर
FACEBOOK COMMENTS