काठमाडौं, ३ बैशाख – अमेरिकी संघीय अनुसन्धान व्यूरो (एफबीआई) का निर्देशक क्रिस्टोफर रे ले अमेरिकामा प्रत्येक १० घण्टामा चीनसँग जोडिएका विषयमा अनुसन्धान भइरहेको बताएका छन्।
अमेरिकाको फ्लोरिडाका रिपब्लिकन सेनेटर मार्को रुबियोले अमेरिकाभित्र चिनियाँ र रुसी प्रभाव प्रयासको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै निर्देशक रे ले हरेक १० घण्टामा चिनियाँ सरकारले अमेरिकामा गरिरहेको कार्य रोक्न एफबीआईले अनुसन्धान गरिरहेको बताएका हुन्।
अमेरिकी सेनेटको गुप्तचर समितिका सदस्यहरूलाई एफबीआईले अमेरिकामा चीनसंग जोडीएका २,००० भन्दा बढी अनुसन्धानहरू गरिरहेको जानकारी गराएका हुन्।
उनले अमेरिकी नवीनता, प्रविधि, अर्थिक सुरक्षा, सामरिक चासो र प्रजातान्त्रिक विचारहरूको लागि चीनभन्दा ठूलो गम्भीर खतरा कुनैपनि देश नरहेको बताए।
FACEBOOK COMMENTS