काठमाडौं, साउन १९ – पछिल्लो २४ घन्टाको अवधिमा उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ४३ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
सोमबार थप ४१८ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ। आइतबार मात्रै २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।