काठमाडौं, जेठ ४ – मंगलबार देशभर कोरोना भाइरसका ८ हजार २०३ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा २ हजार ६३५ जनासहित बागमती प्रदेशमा ३ हजार ९२१ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ४९ जना, ललितपुरमा ३६५ जना र भक्तपुरमा २२१ जना संक्रमित थपिएका हुन् ।
मंगलबार काभ्रेपलाञ्चोकमा ३१५, चितवनमा ३०८, दोलखामा ९०, धादिङमा १४५, नुवाकोटमा १०९, मकवानपुरमा ५, रसुवामा १६, रामेछापमा १०९ जना, सिन्धुपाल्चोकमा १०५ र सिन्धुलीमा ८४जना संक्रमित थपिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट आज १९६ जनाको मृत्यु, ६,८९१ जना संक्रमणमुक्त
मंगलबार थपिए ८ हजार २०३ जना संक्रमित, १ लाख १४ हजार भन्दा बढीमा सक्रिय संक्रमण
FACEBOOK COMMENTS