काठमाण्डौँ — सरकारले प्रमुख कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षदेखि १४ वटा कार्यक्रम लागू गर्ने भएको छ।
यी कार्यक्रममार्फत रोजगारी सिर्जना र व्यापार घाटामा न्यूनीकरण गर्ने उद्देश्य छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७६ देखि २०८० सम्मसम्म लागू गर्ने गरी ९७ अर्ब ७५ करोड रुपैयाँ लागतमा १४ वटा आयोेजना सञ्चालनमा ल्याउन लागेको हो।
१४ वटै आयोजना पारदर्शी रूपमा सञ्चालन भए ३३ हजार ६ सय ६० जनाले स्थायी र २५ हजारले आंशिक रोजगारी पाउनेछन्।
यस्तै यो कार्यक्रमले एक हजार सात सय ५३ वटा उत्पादनमूलक नयाँ व्यावसायिक फार्म निर्माण भएर सञ्चालनमा आउनेछन्।

यसैगरी बर्सेनि दुई अर्ब १५ करोड आयआर्जन गर्ने बाटो खुल्नुका साथै एक करोड ३२ लाख मासु उत्पादन हुने कृषिमन्त्री चक्रपाणि खनालले बताए ।

— अन्नपुर्ण