काठमाडौं, असोज २१ – जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एसपी जबरालाई मंगलवार कोरोना पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए।
प्रहरी वरिष्ठ उपरीक्षक सिंहका अनुसार संक्रमण पुष्टि भएपछि जबरा कार्यालयकै आईसोलेसनमा बसेका छन्।
जबरासँगै चार जना प्रहरी कर्मचारीलाई पनि मंगलवार संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या २२८ पुगेको छ।
FACEBOOK COMMENTS