काठमाडाैं, चैत १२ – स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण दर वृद्धि हुन थालेपछि कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिसमक्ष केही सुझाव दिएको छ ।
सिसिएमसीले तराईका जिल्लामा नेपाल र भारतबीच सीमानाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुमगन गर्नुपर्ने सुझाव दिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने भएको छ ।
हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमानाकालाई कोभिड– १९ को सङ्क्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र सङ्क्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयलाई आवश्यक गृहकार्य गर्न आग्रह गरिएको छ ।
यस्तै सङ्क्रमण देखिएमा छुट्टै सवारी साधनको प्रयोग गरी होम आइसोलेशनमा पु¥याउने व्यवस्था मिलाउन जिल्लास्थित डिसिसिएमसीलाई निर्देशन दिने तथा स्थानीय तहबाट होम आइसोलेशनको निगरानी बढाउने भएको छ ।
त्यस्तै पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रिकालीन कार्यक्रममा स्वास्थ्यमा मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, राति ९ः०० बजेपछि रात्रिकालीन कार्यक्रम बन्द गर्न लगाउने र यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्नेछ ।
यसैगरी विद्यालयमा कोभिड– १९ को सङ्क्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना भए नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत अनुमगन गर्न लगाउने स्वास्थ्य मन्त्रालयको सुझाव छ ।
FACEBOOK COMMENTS