काठमाडौं, कार्तिक १४ – कोरोना भाइरस संक्रमणबाट काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। ५१ वर्षीय चौलागाईंको आज विहान मृत्यु भएको हो ।
असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईं स्वास्थ्य अवस्था बिग्रँदै गएपछि राजधानीस्थित ओम अस्पताल भर्ना भएका थिए । चौलागाईं काभ्रेमा रहेर लामो समयदेखि कलम चलाउँदै आएका थिए ।
FACEBOOK COMMENTS