काठमाडौँ, आश्विन २ – बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्रको संस्था युनिसेफका अनुसार कोरोना महामारी र लकडाउनजस्ता संकटका कारण संसारभरी करिब १५ करोड बालबालिका गरिबीको दलदलमा धेकेलिएका छन् ।
कोरोना संकटका कारण गरिब भएका बालबालिका मिलाएर अब संसारमा करिब १.२ अर्ब बालबालिका गरिब भएका छन् ।
बालबालिकाको गरिबीबारे यो नयाँ विश्लेषण युनिसेफ र बाल अधिकारका लागि काम गर्ने संख्या सेभ द चिल्ड्रेनले गरेको हो ।
ताजा रिपोर्टका अनुसार कोरोनाको समयमा करोडौं बालबालिका गरिब भए भने पहिले नै गरिब भएका बालबालिका थप गरिब भएका छन् ।
यो अध्ययन अनुसार महामारी र लकडाउनका बेला यस्ता बालबालिकाको संख्यामा १५ प्रतिशतको वृद्धि भएको छ जसले शिक्षा, स्वास्थ्य, घर, पोषण, सर–सफाई र पिउने पानीको सुविधा पाउँदैनन् । युनिसेफले अबको समयमा स्थिती थप बिग्रन सक्ने चेतावनी दिएको छ ।
FACEBOOK COMMENTS