काठमाडौं, असोज १९ – दैलेखमा गोरु काटेका व्यक्तिलाई एक वर्ष नौ महिना जेल सजाय ! गोरु काटेको आरोप लागेका एक जनालाई दैलेख जिल्ला अदालतले एक वर्ष नौ महिना कैद सजाय सुनाएको छ । दैलेख जिल्ला अदातलले गोरु काटेको आरोपमा भैरवी गाउँपालिका – २ का राजेश विष्टलाई यस्तो सजाय गरेको हो ।
गत २६ भदौमा विष्टले भैरवी गाउँपालिका- २, रावतकोटका सोविन थापाको बारीमा बाँधिराखेको गोरु काटेका विष्टलाई एक वर्ष नौ महिना कैद सजाय र ४० हजार क्षतिपूर्तिको फैसला गरिएको दैलेख जिल्ला अदालतका स्रेस्तेदार ईन्द्रबहादुर कार्कीले बताए ।
FACEBOOK COMMENTS