इस्लामावाद, वैशाख ९ – पाकिस्तानी सहर क्वेटास्थिति एउटा आरामदायी होटेलमा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन् ।
सेरेना होटेलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का गरिएको बीबीसीले जनाएको छ । उनी अफगानिस्तानको सीमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेको थाहा भएको छ ।
तर, विस्फोटका बेला उनी घटना भएको क्षेत्रमा थिएनन् ।
FACEBOOK COMMENTS