असार २७ – गत १४ असारमा बाह्रबिसे नगरपालिका–८ मानेश्वरका–१९ वर्षीय सुरेश तामाङले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरे । उनले किन आत्महत्या गरे भन्नेबारे अनुसन्धानकै क्रममा रहेको प्रहरी बताउँछ ।
बिहीबार अर्थात असार २५ गते सुरेशले आत्महत्या गरेको १२ दिन पुगेको थियो । उनको तामाङ परम्पराअनुसार काजकिरियाको काम थियो । सुरेशको काजकिरियाको लागि ठूलोबुबा युक्तबहादुर तामाङ पनि व्यस्त थिए ।
युक्तबहादुर कहिले बाह्रबिसे नगरपालिका–५ जम्बु बजारमा रहेको आफ्नो घरमा पुग्थे त कहिले मानेश्वरमा रहेको सुरेशको घर । जम्बु बजारमा युक्तबहादुरको सानो पसल पनि थियो ।
बुधबार अर्थात असार २४ गते पनि सुरेशको घरबाट साँझतिर जम्बु बजार फर्किएका थिए, युक्तबहादुर । साँझ छिट्टै खाना खाएर उनको परिवार सुत्ने तयारी गर्दै थियो ।
बुधबार नै युक्तबहादुरलाई अन्तिम दिन भन्ने के थाहा रु युक्तबहादुरको परिवारलाई बज्रपात माथि बज्रपात थपियो । एकातिर छोरा ९भाइको छोरा ०ले झुण्डिएर आत्महत्या गरेको पीडा थियो नै ।
बुधबार नै युक्तबहादुरको परिवारमा फेरि अर्को दुःखद घटना घट्यो । अचानक मध्यरातमा जम्बु गाउँमा भीषण बाढीपहिरो गयो । मडारिएर लाटो खोलामा आएको बाढीपहिरोले युक्तबहादुरलाई मात्र होइन, श्रीमती, छोराबुहारी, जेठी छोरीलाई पनि चुँडेर लग्यो ।
छोराको काजकिरिया गर्नु पाउनु त कता अहिले युक्तबहादुर किरियाकर्म पनि कसले गर्ने भन्ने पनि अन्यौलमा छ । छोराको काजकिरियामा व्यस्त रहेका युक्तबहादुरलाई मध्यरातमा आएको भीषण बाढीपहिराले चुँडेर लगेको आफन्त कान्छाराम तामाङ बताउँछन् ।
पहिरोमा पुरिएका उनीहरु सबैको शव वेपत्ता छ । उनीहरु कसैको पनि शव फेला परेको छैन । यतिबेला जम्बु बाढीपहिरोले तहसनहस हुँदा खण्डहर बनेको छ । स्थानीयको उठिबास हुने गरी आएको पहिरोले सिंगो गाउँ नै खण्डहर भएको हो ।
बाढीपहिरोमा युक्तबहादुरका कान्छी छोरी र दुई नाति भागेर बाँच्न सफल भएका छन् । पहिरोमा भागेर बाँच्न सफल भएका उनीहरुलाई स्थानीय कान्छा तामाङले घरमा लगेर राखेका छन् ।
पहिरोमा परी युक्तबहादुरकी कान्छी छोरीको खुट्टामा सामान्य चोट समेत लागेको कान्छाले रातोपाटीलाई बताए । उनले भने, ‘भागेर ओढारमा लुकेर बाँचेका उनीहरुलाई मेरो घरमा लगेर राखेको छु ।’
पहिरोमा परी युक्तबहादुरको परिवारसँगै १८ जना बेपत्ता छन् । २ जनाको शव भेटिएको छ । बेपत्ता भएका १८ जनाको अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।
।
FACEBOOK COMMENTS