काठमाण्डौँ — वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिनका लागि सरकारले आइतबारदेखि जनकपुर र बुटवलबाट पनि पुनः श्रम स्वीकृति दिने सुरु गरेको छ ।
जसका कारण अब वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगी घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृतिका लागि काठमाडौं धाउनु पर्ने छैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १५ पुसदेखि प्रदेशस्तरबाटै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि पुनः श्रम स्वीकृति र पूर्वश्रम स्वीकृति दिने निर्णय गरेको थियो ।
सोही निणर्यअनुरूप सरकारले पहिलो चरणमा आइतबारबाट पुनः श्रम स्वीकृतिको व्यवस्था प्रदेशस्तरबाटै सञ्चालन गरीएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले यस्तो व्यवस्थाका लागि मन्त्रालयले जनकपुर र बुटवलमा रहेका प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार एकाइ गठन गरिएको जानकारी दिए ।
— राजधानी
FACEBOOK COMMENTS