काठमाडौं, चैत १३ – प्रगतिशील नेपाली समाज समिति भारत गोवा प्रदेश विस्तारित बैठकले धनबहादुर श्रीपालीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीको प्रमुख अतिथि सो संगठनमा केन्द्रिय महासचिव लोकेन्द्र सेर्पालीको विषेश उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
समितिमा उपाध्यक्ष रमेश खड्का, हेमराज बि सी , चित्रा सारु मगर , सचिवमा अर्जुन कार्की सहसचिवमा रविना चन्द, चन्द्र सेर्पाली, कोषाध्यक्षमा किसन ओझा, प्रवक्तामा डुक्खु चौधरीलाई चयन गरेको छ ।
सदस्यहरुमा मनोज थापा, विरु वली , झरन परियार , रुपा थापा मगर , दुर्गा भट्ट , सन्जु सेर्पाली रहेका छन् । त्यस्तै सुरेस सेर्पाली , अशोक नेपाली , रवि सेर्पाली , भिम बि.सी , प्रेम चौंधरी ओपेन्द्र शाही , जङ्गम दर्लामि मगर , केसवराज वली , उदय प्रसाद देवकोटा , मिना कुमारी लाखे , बिजय शाही , मिलन मगर सदस्य रहेका छन् । सल्लाहकार परिषद अध्यक्ष उदय सेर्पाली रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रकाश नेपालीले देशमा भैरहेको कांग्रेस कम्युनिस्ट पार्टीहरुका राजनीतिक गतिविधले प्रवासमा बस्ने नेपालीलाई दुखि बनाएको धारणा राखे । ‘संघीयता समानुपातिक समावेशी लोकतान्त्र धराशायी पार्ने खेल वर्तमान ओली सरकारबाट भैरहेको र उपलब्धिको रक्षाका लागि सम्पुर्ण प्रवासी नेपालीहरु एक भएर लाग्नुपर्ने भएको छ ।’ उनले भने ।
अर्का विषेश अतिथि भरतिय जलसेना रिटाएर अफिसर प्रेस क्लब गोवाका अध्यक्ष आनन्त जोशीले निरन्तर रुपमा आफ्नो नेपाल र नेपाली नागरिकप्रति साहानुभुति रहेको बताए । संगठनका केन्द्रीय सचिवालय सदस्य गोवा प्रदेश इन्चार्ज दिवाकर शर्माले प्रवासमा भैपरिआउने चुनौतीपूर्ण अवस्थामा सबै नेपाली दाजुभाइ एकाआकार भएर लाग्नुपर्ने धारणा राखे । अर्का विषेश वक्ता संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुनले नन्दकला बचाउ अभियानमा गोवामा अवस्थित सबै नेपाली दाजुभाइले सक्दो सयोग गर्नु पर्ने धारणा राखे । कार्यक्रममा संगठनका महासचिव लोकेन्द्र सेर्पालीले नव निर्वाचित नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई दिएका थिए । बैठकको संचालन गोवा प्रदेशका सह इन्चार्ज हुमाकान्त आचार्यले गरेका थिए भने स्वागत मन्तव्य सचिव अर्जुन कार्कीले गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सचिवहरु जनक आहुजि प्रेम सेर्पाली, सह इन्चार्ज हिरा तिवारी केन्द्रीय सल्लाहकार रमेश खड्का, गोवा बस् संचालन समितिका सदस्य बसन्त चौंहान, झरण परियारले मन्तब्य व्यक्त गरेका थिए । आफ्नो प्रतिबद्धता जाहेर गर्दै संगठनका गोवा प्रदेश अध्यक्ष, धनबहादुर श्रीपालीले प्रदेशमा भैपरिआउने कुनै पनि समस्याहरुलाइ समाधान गर्न आफ्नो संगठन लागिपर्ने बताए ।
FACEBOOK COMMENTS