काठमाण्डौँ — नक्कली आरोहण अनुमतिपत्र बनाएर हिमाल आरोहण गर्न पठाउने ३ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी०ले पक्राउ गरेको छ ।
सीआईबीले नक्कली आरोहण अनुमतिपत्र बनाएको आरोपमा सेभन समिट ट्रेक्स प्रालिका ३ कर्मचारीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सेभन समिटका लिगल डिपार्टमेन्ट हेड निभेश कार्की, मार्केटिङ म्यानेजर फुर्तिङ शेर्पा र लेखापाल विजयश्वर अर्याल छन् ।
उनीहरूले चैत ३० गते सगरमाथा आरोहण गर्न तयार भएको ‘१४ पिक एक्पेरियन्स एभरेष्ट एक्सपेटेसन २०१८’ नामको आरोहण दलको नक्कली आरोहणपत्र बनाएको आरोप छ ।
उनीहरूले पर्यटन विभागबाट आरोहणको सक्कली अनुमतिपत्र लिएर त्यसमा १२ जनाको नाम भएकोमा सच्याएर १ जना चिनियाँ र १ जना अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जानको सूची तयार पारेको सीआईबीले जनाएको छ ।
उक्त कीर्ते आरोहण अनुमति पत्र ‘सेभन समिट’को नामबाट सगरमाथा प्रदूषण नियन्त्रण समितिमा पेस भएको थियो ।
उनीहरूमाथि सरकारी दस्तखत, छाप कीर्तेमाथि अनुसन्धान सुरु गरिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS