काठमाण्डौँ — नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१ औं वार्षिकोत्सव मनाएको छ ।
सो अवसरमा कम्पनीले विगत २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई दिर्घसेवा पदक तथा प्रसशां पत्र वितरण गरेको छ।
कम्पनीमा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट काम गर्ने ३ जना कर्मचारीहरुलाई ५० हजार १ रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको छ।
कम्पनीले प्रधान कार्यालय लगायत देशका ३३ वटा शाखा कार्यालयहरु र २४ वटा बीमा सेवा काउन्टरहरुबाट बीमा सेवा प्रदान गर्दे आएको छ ।
FACEBOOK COMMENTS