काठमाडौँ, जेष्ठ ५ – नेपाल चेम्वर अफ कमर्सले सरकारी अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।बुधबार चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिबि शिक्षण अस्पतालका, राधास्वामी अक्सिजन थेरानी आइसोलेसन सेन्टर गोंगबुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष मल्लले उक्त अस्पतालहरुलाई पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल हस्तान्तरण गरेका हुन् । उनले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टेट उपलब्ध गराइने तयारी हुंदै गरेको बताए ।
FACEBOOK COMMENTS