काठमाडौं, असोज २ – असोज १९ गते बस्ने गरी नेपाल बैंक लिमिटेड विशेष साधारणसभा बोलाएको छ ।
उक्त सभामा सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्था परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ जना सञ्चालकबाट ३ मा घटाउने र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बढाई ३ जना कायम गर्न नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ।
कोरोना महामारीका कारण स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्नु पर्ने भएकाले कम्पनीको विशेष साधारण सभा भिडियो कन्फ्रेन्स मार्फत हुने बैंकले जनाएको छ।
FACEBOOK COMMENTS