काठमाण्डौं– नेपालमै चर्चीत फेसियल हाउसले ११ औं वार्षिकउत्सव मनाएको छ ।
११ वर्षमा ६ ओटा शाखा विस्तार गरेको फेसियल हाउस नेपालकै नं १ शैलुन कम्पनी हो ।
फेसियल हाउसको उत्सवमा कार्यक्रमका प्रमुख अथिती नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले फेसियल हाउसले अरुलाई पनि स्वरोजगार बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्ति गरे ।
कार्यक्रमका विशिष्ट अथिति सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य चण्डीराज ढकालले फेसियल हाउसले धेरैलाई रोजगारी दिएको भन्दै प्रशंसा गरे । फेसियल हाउले धेरैलाई ब्युटी सम्बन्धी सिप सिकाएको भन्दै यसले स्ववलम्बन बनाउन सहयोग गरेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रले सधै खुसीका साथ काम गर्ने वातावरण बनोस भन्ने धारणा राखे ।
फेसियल हाउसले ११ वर्षमा ४ हजार भन्दा वढी विद्यार्थी उत्पादन गरिसकेको निर्देशक शुष्मा महराले जानकारी दिईन् । उनले विदेश जाने विद्यार्थी सिक्न आउने गरेको र यहाँ सिक्दा देश तथा विदेशमा राम्रो अवसर पाउने बताईन् ।
साथै उनले फेसियल हाउसमा सिकेको विद्यार्थी र कर्मचारीले काम छोडेर जाँदा पनि फेसियल हाउसलाई माया गरेर आफुले खोलेको पार्लरमा अगाडि पछाडि फेसियल हाउस राख्ने गरेका छन् ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका बोर्ड मेम्बर, काठमाण्डौ उद्योग वाणिज्य संघका पधादीकारी लगाएतको उपस्थीती थियो ।
उत्सबमा विभिन्न कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।
FACEBOOK COMMENTS